दफा ४२
बचतको रकम फिर्ता दिने बारे
 दफा ४० बमोजिम जम्मा गरिएको बचत सो जम्मा गरिएको मितिले क्रमशः पाँच पाँच वर्ष पछि सो बचत जम्मा राख्ने समिति, संस्था वा अधिकारीले सो जम्मा रकम र बाँकी व्याज भए सो समेत नगदी, जिन्सी वा दुवैमा वा जिन्सीलाई दफा ४१ बमोजिम नगदीमा परिणत गरिएको भए नगदीमा फिर्ता भुक्तानी गर्नेछ वा भुक्तानी गर्नुपर्ने नगदी र जिन्सीको मोलको पूरै वा कुनै अड्ढको सट्टा किसानहरूलाई ऋण उपलब्ध गराउने वा मुलुकको विकास गर्ने उद्देश्यले बनेको तथा तोकिएको कर्पोरेशन, बैड्ढ वा अरू संगठित संस्थाको शेयर स्टक वा डिवेन्चर वा नेपाल सरकारले जारी गरेको ऋणपत्र उपलब्ध गराउनेछ ।